०७ माघ २०७६, काठमाडौँ
भारतमा एक अनौठा बालक भेटिएका छन्, जसको गर्धन १८० डिग्रीको कोणमा घुम्ने गर्छ । उनी १२ बर्षका भए र १२ बर्षदेखि नै यो रोगबाट पिडित छन् ।
महेन्द्र अहरीवार नाम गरेका बालकका आमाबुबा आफ्नो छोराको रोगका कारण निकै पिडित छन् । महेन्द्रका बाबुले महेन्द्रको गर्धनको उपचार गराउन ५० बढी डाक्टरलाई देखाइसकेका छन् तर आजसम्म उनको रोगको उपचार हुन सकेको छैन ।
उनी जन्मेको छ महिनादेखि गर्दन घुमाउन शुरु गरेका थिए र केही दिनमा नै १८० डिग्री कोणमा घुमाएका उनका पिता मुकेशले बताएका छन् । उनले विभिन्न डाक्टरको जँचाएपनि आजसम्म समस्या जस्ताको तस्तै रहेको बताएका छन् ।
महेन्द्रको गर्दन सहित हात खुट्टा पनि कमजोर भएको छ । अहिले उनी ठिकसंग बस्न पनि नसक्ने भएका छन् । उनलाई शौच गर्न, कपडा लगाउन र खाना खुलाउन पनि उनकी आमा मुमित्राले गर्नुपरेको बताएकी छिन् ।