०८ माघ २०७६, काठमाडौँ
शाहरुख खान बलिउडका निकै नै नाम चलेका अभिनेता हुन् । उनको फ्यान फलोइङ पनि निकै लोभलाग्दो रहेको छ । तर करिब १ बर्ष भयो उनी चलचित्रको पर्दामा देखिएका छैनन् । पछिल्लो समयमा शाहरुख अभिनीत चलचित्र जिरो प्रदर्शनमा आएको थियो । जसले त्यति राम्रो कमाइ गर्न सकेको थिएन ।
यस्तै शाहरुखले हाल एक डान्स रियालिटी शो मा गएका बेला आफ्ना विगतका केही कुराहरु बताएका छन् । सबैले हेर्दा अहिले शाहरुख निकै सम्पन्न छन् । उनलाई कुनै कुराको पनि कमी छैन । तर यत्तिको सफलता हासिल गर्नको लागि उनले निकै मेहेनत पनि गरेका छन् ।
उनले आफूले पहिलो पटक ताजमहल घुम्दाको अनुभव पनि सुनाउन भ्याएका थिए । उनले जीवनमा पहिलो पटक ५० रुपैयाँ कमाएका थिए र त्यहि ५० रुपैयाँ लिएर उनी ताजमहल घुम्न गएका थिए ।
उनले अरु केही पैसा पनि लिएर गएका थिए तर ट्रेनको भाडा तिर्दा उनको सबै पैसा सकिएको थियो र खल्तीमा ५० रुपैयाँ मात्र बाकिँ थियो । उनीसँग केवल पिंक लस्सी किन्ने पैसा थियो । उनले पिंक लस्सी किने । तर लस्सीमा झिंगा परेको थियो । अर्को लस्सी किनेर खान उनीसँग पैसा थिएन, जसका कारण उनले त्यहि झिंगा परेको लस्सी नै खाए । झिंगा परेको लस्सी खाएका कारण उनलाई पछि ट्रेनमा वान्ता समेत भएको थियो ।