एनआरएन दोस्रो विज्ञ सम्मेलन आगामी अक्टोबरमा धुलिखेलमा हुने



०८ माघ २०७६, काठमाडौं

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा हुने दोश्रो एनआरएन विज्ञ सम्मेलन आगामी अक्टोबरमा हुने भएको छ ।

गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार सो सम्मेलन काठमाडौं विश्वविद्यालय धुलिखेलमा हुने भएको हो ।

पहिलो सम्मेलन सोल्टी होटलमा आयोजना हुदाँ महङ्गो दर्ता शुल्क भएको आलोचना भएपछि  संघले दोस्रो सम्मेलन काठमाडौं विश्वविद्यालयमा गर्न लागेको हो ।

काठमाडौं विश्वविद्यालयमा सम्मेलनको आयोजना गर्दा सहभागीहरुको संख्या बढ्ने विश्वास डा. शर्माले गरेका छन् ।

यसैबीच संघको एक टोलीले बुधबार काठमाडौं विश्वविद्यालयका उपकुलपती, डिनहरु, विभागीय प्रमुखहरु लगायत उच्च पदाधिकारीसँग छलफल गरेको छ ।

संघका पदाधिकारी सहित काठमाडौं विश्वविद्यालय पुगेको टोलीले सम्मेलनलाई उपलब्धीमूलक बनाउन घनिभुत छलफल गरेको महासचिव डा. शर्माले जनाए ।

संघको टोलीमा उपाध्यक्षहरु सोनाम लामा, मन केसी, कोषाध्यक्ष महेश श्रेष्ठ लगायतको उपस्थिती थियो ।

यसअघि संघले एनआरएन विज्ञ सम्मेलन बारे परराष्ट्रमन्त्रालय लगायत नेपाल सरकारका उच्चअधिकारीसँग छलफल गरेका थियो ।

प्रतिक्रिया दिनुहोस्