प्रधानमन्त्रीले अनुगमन गरेका आयोजनाको प्रगति झनै कमजोर



०९ माघ २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाटै अनुगमन गर्ने निर्णय गरे पनि राष्ट्रिय गौरवका आयोजनाको प्रगति चालु आर्थिक वर्षमा झनै कमजोर देखिएको छ ।

गत आर्थिक वर्षको ६ महिनामा २८ प्रतिशत प्रगति गरेका आयोजनाको प्रगति चालु आर्थिक वर्षमा गत आवभन्दा १० प्रतिशत कम अर्थात् १८ प्रतिशतमा सीमित छ । प्रधानमन्त्री ओलीले गत वर्षको बजेट कार्यान्वयनको मध्यवधि समीक्षापछि गौरवका आयोजनाको काममा असन्तुष्टि राख्दै यस्ता आयोजनाको प्रधानमन्त्री कार्यालयबाटै अनुगमन गर्ने घोषणा गरेका थिए ।

जसअनुसार प्रविधिको प्रयोग गरी केही आयोजनाको अनुगमन गरिएको प्रचारसमेतत गरिएको थियो । प्रधानमन्त्रीको घोषणा कार्यान्वयनमा आएको एक वर्षमै यस्ता आयोजनाको अवस्था झनै कहालीलाग्दो देखिएको छ । यो समाचार आजको कारोबारमा निरु अर्यालले लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्