०९ माघ २०७६, काठमाडौं
भनिन्छ, एक सफल पुरुषको पछाडि एकजना असल नारीको भूमिका उत्तिकै हुन्छ। हुन पनि असल नारी भएको घर नै स्वर्ग समान हुन्छ।
यी नै नारी हुन्, जसले आफ्नो घर–परिवारलाई सन्तुलित राख्नका साथै परिवारमा खुसी, स्वस्थ, सुख ल्याउन सक्ने नारी असल नारी मात्रै नभएर कुनैपनि घरको गहना पनि भनिन्छ।
जान्नुहोस् नारीहरुमा यी गुणले पूर्ण भएमा तपाईँको घर स्वर्ग समान हुन्छ……..
-जुन नारी मीठो बचन बोल्छिन्ः जुन नारीको आवाज मधुर छ र हरेक क्षण मायालु बोली-ब्यवहार दर्शाउँछिन् भने त्यस्ता नारी भएको घर स्वर्ग समान हुन्छ।
-जो स्त्री तनले भन्दा मनले सुन्दर छिन् त्यस्तो घर पनि सुन्दर बगैंचा जस्तै हुन्छ।
-कुनैपनि घरमा आस्तिक, सेवा भाव राख्ने, क्षमतावना, दयावान र कर्तव्य पालना गर्ने नारी छिन् भने मान्नुस् त्यो घर स्वर्ग समान हुन्छ।
-जो नारीले घरमा आएका पाहुनालाई हार्दिकताका साथ स्वागत गर्छिन् भने त्यो घरमा पनि देवताका बास हुन्छ।
-अर्काको दुखमा सहयोग गर्ने नारीले पनि आफ्नो घर उज्यालो बनाउन सक्छिन्।
-जुन नारी हरेक दिन स्नान गरेर सफा एवं स्वच्छ वस्त्र लगाएर घरमा प्रवेश गर्छिन् भने त्यस्तो नारी भएको घर एक्दमै आनन्ददायी हुन्छ।
-पतिव्रत धर्मको पालना गर्ने नारी भएको घरमा पनि कहिल्यै झगडा हुँदैन।