०९ माघ २०७६, काठमाडौँ
सबैलाई थाहा नै छ, करिना कपुर सैफअली खानकी दोस्री श्रीमती हुन् । सैफले करिनासँग भन्दा पहिले अमृता सिंहसँग विवाह गरेका थिए । अमृता र सैफले सन् १९९१ मा विवाह गरेका थिए भने २००४ मा डिभोर्स गरेका थिए ।
अमृतासँग डिभोर्स भएपछि नै सैफले करिनासँग विवाह गरेका थिए । अमृतासँग डिभोर्स भएको १६ बर्षपछि सैफले आफ्नो अतितलाई पुनः सम्झिएका छन् । सैफले अमृतासँग डिभोर्स भएको समय आफ्नो लागि निकै कठिनदायी रहेको बताएका छन् ।
अमृतासँग डिभोर्स भएपछि सैफ निकै टुटेका पनि थिए । डिभोर्स भएपनि उनलाई आफ्नी श्रीमती र छोराछोरीको भने सधैँ नै चिन्ता भैरहन्थ्यो ।
सैफ छिट्टै आफ्नो अर्को फिल्म ‘जवानी जानेमन’ मा पिताको भूमिकामा देखिदैछन् । उनले उक्त फिल्मको बारेमा कुराकानी गर्दै अमृतासँग टाढा हुँदाको पीडा सेयर गर्दै भने, ‘आज पनि त्यो पीडादायी पललाई भुल्न सकेको छैन । जो कोहि बालबालिकाको लागि परिवारको साथ हुनु निकै महत्वपूर्ण कुरा हो तर मेरो छोराछोरीले त्यस्तो मायाबाट बन्चित हुनुपर्यो ।’