०९ माघ २०७६, काठमाडौँ
नेपाली कलाकारिता जगतमा माग्ने बुढा को नामले परिचित केदार घिमिरेले नियम मिचेपछि एक ट्राफिकले चिट काटिदिएका थिए । उनलाई माग्ने बुढा ले भेटेरै धन्यवाद दिएका छन् ।
वास्तवमा केदामा आफ्नो साथीलाई भेट्न बानेश्वर जादैँ थिए । हतारमा उनले गाडीको सिट बेल्ट नै लाउन भुलेछन् । ट्राफिकले सिट बेल्ट नलगाएको देखेपछि उनलाई नम्र स्वरमा चिट काटिदिउ ? भनेको माग्ने बुढा ले बताएका छन् । उनको बोलीबाट माग्ने बुढा निकै नै प्रभावित भए र उनले ती प्रहरीलाई भेटेरै धन्यवाद दिए ।
ट्राफिक प्रहरी महाशाखामा कार्यरत सन्तोषले चेकिङका क्रममा आफूले केदार घिमिरेलाई नचिनेको बताए । उनले भने ‘त्यतिखेर मैले चिनिनँ, उहाँले सिट बेल्ट लगाउनुभएको थिएन, मलाई केही जस्तो लागेन,’ चौधरीले भने ।