०९ माघ २०७६, काठमाडौँ
केहीसमय अघि चलचित्र विकास बोर्ड का अध्यक्ष तथा बरिष्ठ चलचित्रकर्मी केशव भट्टराईको निधन भएको थियो । केशवको निधनपछि अहिले चलचित्र विकास बोर्ड को नयाँ अध्यक्ष को बन्ने भन्ने विषयमा चर्चा भैरहेको छ ।
चलचित्र विकास बोर्ड को अध्यक्ष को पदको लागि विभिन्न वरिष्ठ व्यक्तिहरु भिडिरहेका छन्, जसमध्ये राजेश हमाल र भुुवन केसीको पनि नाम आएको छ । प्राप्त जानकारी अनुसार भुवन र राजेश दुवै चलचित्र विकास बोर्ड को अध्यक्ष कोे पदका लागि लागिपरेका छन् ।
विकास बोर्डको अध्यक्ष पदका लागि सरकारले विज्ञापन निकालिसकेको छैन । तर, केहिदिनमा सुचना तथा सञ्चार मन्त्रालयले विज्ञापन जारी गर्दैछ । यसैले पनि विकास बोर्डले नयाँ अध्यक्ष पाउन अझै केही समय लाग्ने निश्चित छ ।
बोर्ड अध्यक्षको दौडमा रहेका अभिनेता भूवन केसीले सिनेमाकर्मीको हक हितका लागी आफूले काम गर्न सक्ने अभिव्यक्ति दिएका छन् । उनले भने–‘सिनेमा क्षेत्रका कलाकार, प्राविधिक, निर्देशक, निर्माताको भावना राम्रोसाग बुझेको छु । सिनेमा क्षेत्रका सम्पुर्ण संघसंस्थालाई एकजुट बनाएर अगाडि बढाउन आवश्यक रहेकाले पनि आफुले बोर्ड अध्यक्षमा चासो देखाएको बताए ।’
यता राजेश हमालले पनि सिनेमा क्षेत्रमा लागि केही गर्नको लागि अध्यक्षको पदका लागि आफू आउन चाहेको बताएको जानकारी प्राप्त छ ।