कोरोन भाइरसको संक्रमणबाट मानिसहरु त्रसित, बच्ने कसरी?



१० माघ २०७६, काठमाडौं

यत्तिबेला चीनमा उत्तरी छिमेकी ‘कोरोना भाइरस’ ले त्रासदी फैलाएको छ। जुन भाइरसका कारण त्यहाँ कतिपयको मृत्यु समेत भइसकेको छ। भाइरसले सैयौं प्रभावित छन्। भाइरसबाट थप क्षति नहोस् भनेर उच्च सर्तकता अपनाएका छन्।

यो भाइरस चीनको बुहानबाट सुरु भएर बेइजिङ, मकाउ, ताइवान हुँदै धेरैतिर फैलिदैछ। अमेरिका, अष्ट्रेलिया, थाइल्यान्ड, दक्षिण कोरियासम्म फैलिएको छ। भाइरस फैलिएपश्चात् विश्वभरकै विमानस्थलमा सावधानी अपनाउन थालिएको छ।

कोरोना भाइरस के हो?

यो जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो। यो भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो। कोरोना भाइरस विभिन्न प्रकारका छन्। यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो। अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो।

यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरु कोरोना भाइरस भन्दा तिब्र एवं धेरै छ। स्वास्थ्य विशेषज्ञहरुले यो निकै भयानक रहेको बताइरहेका छन्।

थाहा पाउने कसरी?

अहिले जाडोको मौसम छ। यो समयमा रुघा–खोकी लाग्नु सामान्य मानिन्छ। जबकी कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण पनि यस्तै हुन्छ।

त्यसैले यसबाट कतिपय झुक्किन सक्छन्। रुघाखोकी जस्तै लागेपनि यो सामान्य रुपमा रहँदैन। त्यसपछि क्रमस उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ। कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ।

यसको डरलाग्दो पक्ष के भने, यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ। यसरी सर्दै–सर्दै मान्छेसम्म पुग्छ।

सुरक्षित कसरी रहने?

यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो। रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने नै हो।

प्रतिक्रिया दिनुहोस्