१० माघ २०७६, काठमाडौं
प्रतिनिधि सभाको सभामुखमा उम्मेदवारी दिएका नेकपा नेता अग्नी प्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
अधिवक्ता दिनेश त्रिपाठीले आइतबार हत्यामा मुछिएका सापकोटालाई सभामुखमा निर्वाचित नगर्न मागसहित सर्वोच्चमा रिट दायर गरेका हुन्।
रिटमा सापकोटालाई सभामुख पदमा निर्वाचित गर्न नहुने भन्दै समुखको हाल भएको निर्वाचन प्रक्रिया समेत रोक्न माग गरिएको छ।
यस्तै सापकोटालाई पक्राउ गरेर अनुसन्धान गर्न र उनलाई पक्राउ नगर्ने प्रहरी अधिकारीलाई समेत कारबाही गर्न माग गरिएको छ।
त्रिपाठीले मुद्दाको पेशी आइतबारको लागि तोकिएको पनि स्मरण गराएका छन्।