१० माघ २०७६, काठमाडौँ
निकेश श्रेष्ठलाई अहिले नचिन्ने सायद कोही छैनन् होला । पछिल्लो समयमा उनी टिकटक बाट निकै नै चर्चामा आए । निकेश वास्तवमा केटा हुन् । तर टिकटक मा केटीको लुगा लगाएर नाच्ने गर्दा उनलाई तेस्रोलिङ्गीको ट्याग दिइयो ।
पछिल्लो समयमा त उनले आफ्नो पुरा स्वरुप नै परिवर्तन गरिदिए । निकेशको उमेर धेरै भएको छैन । उनलाई जसले जे सिकायो उनले त्यहि गरे । निकेशले पुरै केटीको लुगा लगाएर, मेकअप गरेर अझ आफ्नो नाम पनि निकिशा बनाएको देख्दा उनको परिवारको मन निकै दुखेको छ ।
निकेशकी आमाले पहिले नै निकेश आफ्नो छोरा भएको बताउँदै आएकी थिइन् । उनले मिडियाप्रति निकै गुनासो पोखेकी छिन् ।
उनले छोरा सानो भएकाले उसले जे सिकायो त्यहि गरेको तर मिडियाले यो कुरालाई बढाएको बताएकी छिन् । निकेशकी आमाले निकेशले नबुझेर भाइरल हुनको लागि मात्र केटी बनेको बताइन् ।
यी सबैका कारण निकेश र उनको परिवारको निकै नै बदनाम भयो । टिकटक देखि युट्युबसम्म उनको मजाक उडाउने कमी छैन । तर अब निकेश पुनः केटा बनिसकेका छन् । उनको परिवारले उनलाई धेरै नै सम्झाइसकेका छन् ।
अब निकेशले परिवारले देखाएको बाटो पछ्याउने छन् । यसका साथै निकेशले अब कतैपनि अन्तवार्ता नदिने पनि बताएका छन् ।