‘अग्नी प्रसाद सापकोटामाथि कुनै मुद्दा छैन’



१० माघ २०७६, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता अग्नी प्रसाद सापकोटामाथि कुनै मुद्दा नरहेको बताएका छन्।

आज (शुक्रबार) पत्रकारहरुसँग कुराकानी गर्दै उनले सभामुखका उम्मेदवार सापकोटामाथि कुनै मुद्दा नभएको तर, मुद्दा छ भनेर अफवाह फैलाइएको बताएका हुन्।

प्रतिनिधि सभाको सभामुख पदमा नेकपाबाट सिफारिस भई मनोनयन दर्ता गरेका सापकोटा विरुद्धमा मुद्दा भएको सन्दर्भमा सोधिएको प्रश्नमा प्रचण्डले कुनै मुद्दा नरहेको बताएका हुन्।

‘मैले पटकपटक भनिरहेको छु। अग्नी प्रसाद रापकोटामाथि कुनै मुद्दा छैन।’ प्रचण्डले भने, ‘सिङ्गै संसद्ले उहाँलाई स्वीकार गरिसकेको छ। उहाँको पक्षमा राष्ट्र एक ठाउँमा उभिइसक्यो। यो विषयलाई अनावश्यक रूपमा प्रचार गर्नुको औचित्य छैन।’

प्रतिक्रिया दिनुहोस्