१० माघ २०७६, काठमाडौं
गण्डकी प्रदेश सभाका सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गेविरुद्ध अनुसन्धानका लागि प्रहरीले दुई दिन हिरासतमा राख्न अनुमति पाएको छ।
जिल्ला प्रशासन कार्यालय, कास्कीले अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धानका लागि दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो।
एन्फाका कास्की अध्यक्ष मिलन गुरुङले आफूमाथि कुटपिट गरेको भन्दै उजुरी दिएपछि मनाङ्गेलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो।
फाइल तस्वीर