स्वेता भन्छिन् : ‘कोठामा श्रीकृष्णको तस्बिर सजाउन दिने व्यक्तिसँग मात्र बिहे गर्छु’



१० माघ २०७६, काठमाडौँ

नायिका स्वेता खड्का अहिले एक्लो जीवन बिताइरहेकी छिन् । अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी स्वेता श्रीकृष्णको निधनपछि निकै टुटेकी थिइन् । केहीसमय त उनलाई सामान्य अवस्थामा आउन नै गाह्रो भएको  थियो ।

अहिले भने उनी विभिन्न सामाजिक कार्यमा आफूलाई व्यस्त बनाइरहेकी छिन् । यस्तै आजभोली स्वेतालाई दोस्रो विवाहबारे धेरै नै प्रश्न गर्ने गरिन्छ । स्वेतासँग अझै लामो जीवन बाकीँ छ ।

त्यसैले उनले फेरि विवाह गरेर आफ्नो जीवन अगाडी बढाउन सक्छिन् । यस्तै स्वेताले यदि आफ्नो विवाह भैहाले पनि श्रीकृष्णको स्थान कहिल्यै कसैलाई नदिने बताएकी छिन् । उनले श्रीकृष्णलाई सम्झने दिने व्यक्तिसँग मात्र विवाह गर्ने बताएकी छिन् । विवाहपछि पनि श्रीकृष्णको फोटो आफ्नो कोठामा राख्न दिने केटासँग मात्र विवाह गर्ने स्वेताले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्