एक फ्यानले ‘लगातार फिल्म फल्प हुदाँ कस्तो लागिरहेको छ ?’ भनेर प्रश्न गरेपछि शाहरुखले दिए यस्तो जवाफ…



११ माघ २०७६, काठमाडौँ

चर्चित बलिउड अभिनेता शाहरुख खान करिब १ बर्षदेखि चलचित्रको पर्दामा देखिएका छैनन् । पछिल्लो समयमा उनी अभिनीत चलचित्र जिरो प्रदर्शनमा आएको थियो । जुन चलचित्रलाई दर्शकले त्यति रुचाएनन् ।

त्यसअघि पनि शाहरुखका केही चलचित्र लगातार फ्लप भैरहेका थिए । यस्तै केहीदिन अघि शाहरुखले आफ्ना फ्यानलाई केही प्रश्न गर्न आग्रह गरेका थिए । शाहरुखका फ्यानले भटाभट प्रश्न गर्न थाले । त्यसमध्ये शाहरुखले २० प्रश्नको जवाफ दिएका छन् ।

एक फ्यानले उनलाई यस्तो प्रश्न गरेका थिए, लगातार फिल्म फल्प भैरहदाँ तपाईलाई कस्तो लागेको छ ? यो प्रश्नको जवाफमा शाहरुखले भने, बस दुआ मे या रखना । शाहरुखको यो जवाफ धेरै फ्यानले त बुझ्दा पनि बुझेनन् । त्यसैले कत्तिले उनले प्रश्न टारेको बताइरहेका छन् भने कत्तिलाई शाहरुखको जवाफ चित्त पनि बुझेको छ ।

प्रतिक्रिया दिनुहोस्