यी युवतीका कारण कोरोना भाइरस संसारभर फैलिएको खुलासा



११ माघ २०७६, काठमाडौं

चीनमा कोरोना भाइरस संक्रमितको उपचारका लागि खटिएका एक डाक्टरको निधन भएको छ। चीनको हुबेई सिन्ह्वा अस्पलमाता कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण निधन भएको हो।

उक्त समाचार अनुसार कोरोना भाइरसका कारण डाक्टरको नै निधन भएको सम्भवतः यो पहिलो घटना हो। डा. वुदोङको निधनसँगै चीनमा कोरोना भाइरसका कारण निधन हुनेको संख्या ४२ पुगेको छ। भाइरसका कारण चीनमा १ हजार २ सय भन्दा बढी संक्रमित भइसकेका छन्। डा. वुदोङ कोरोना भाइसरको नियन्त्रणका लागि निरन्तर खटिएका थिए। चीनमा यो भाइरस सबैभन्दा पहिला उहान सहरमा भेटिएको थियो।

चीनसँगै यो भाइरसको संक्रमण अहिलेसम्म जापान, कोरिया, थाइल्यान्ड, अमेरिका र नेपालमा समेत देखिएको छ। चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देश हुँदै नेपालसम्म पुगेको पुष्टि भएको छ। भारतको मुम्बईमा २ जनामा उक्त संदिग्ध सङ्क्रमण फेला परेको भारतीय मिडियाले जनाएका छन्।

यसैबीच, पछिल्लो समय सामाजिक सञ्जालमा एक भिडियो भाइरल बनेको छ। जसमा युवतीले चमेरो खाएपश्चात् उनी मार्फत कोरोना भाइरस फैलिएको दाबी गरिएको छ। डेलिमेलको एक रिपोर्टमा युवतीले चमेरोको झोल पिउँदै गरेको देखिन्छ।

चमेरोबाट नै भाइरस पैदा भएको कुराको पुस्टी भने भएको छैन। चिनियाँ स्वास्थ्य अधिकारीहरूले अझै पनि भाइरस कहाँबाट आयो भन्ने कुरा खोजीरहेका छन्। अधिकारीहरुले वुहानको समुद्री क्षेत्रबाट भाइरस आएको विश्वास गरेका छन्। जहाँ गैरकानुनी रुपमा वन्यजन्तुको किनबेच हुने गरेकोे छ। एक चिनियाँ वैज्ञानिकले कोरोना भाइरस सर्प र जंगली बिरालोबाट मानिसहरूमा फैलिएको बताए।

यो भाइरसको केन्द्रविन्दु रहेको चीनको वुहानमा मानिसहरुले सर्प, चमेरो, भ्यागुता,मार्मोट्स, खरायो लगायतका जिवजन्तु खाने गरेका छन। चिनियाँ वैज्ञानिकहरुका अनुसार चिनियाँ कोब्रा सर्प पनि कोरोना भाइरसको स्रोत हुनसक्छ। चीनमा स’ङ्क्र’मण बढ्दै गएपछि ज्यान जानेको सङ्ख्या अझै बढ्ने भय व्यक्त भइरहेका छन्।

के हो कोरोना भाइरस?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार कोरोना भाइरसको समूह हो। जसले विशेषगरी श्वासप्रश्वास प्रणालीमा असर गर्छ। कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्छ। यसले सामान्य रुघाखोकीदेखि निमोनिया गराउने अनि मानिसको निधनसम्म हुन्छ।

अहिले देखिएको कोरोना भाइरस नयाँ प्रकारका हो। जुन पहिले मानिसमा पहिचान भएको थिएन। डब्लुएचओका अनुसार कोरोना भाइरसले मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम (मार्स) र सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) को समस्या निम्त्याउँछ।

 

 

प्रतिक्रिया दिनुहोस्