१२ माघ २०७६, काठमाडौं
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट प्रतिनिधि सभाको सभामुखको उम्मेदवार बनेका नेकपा नेता अग्नी प्रसाद सापकोटा निर्वाचित हुने भएका छन्।
आइतबार (आज) अपराह्न ३ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सापकोटा सभामुखमा निर्विरोध निर्वाचित हुनेछन्।
प्रतिनिधि सभाको सभामुखको उम्मेदवार बनेर निर्विरोध बनेका सापकोटाविरुद्ध सर्वोच्चमा परेको रिट हेर्न नमिल्ने सूचीमा परेपछि उनी सभामुख हुने बाटो खुलेको हो।
नेकपाका तर्फबाट प्रतिनिधि सभाको सभामुखको उम्मेदवार बनेका सापकोटाविरुद्ध सर्वोच्चमा परेको रिट हेर्न नमिल्ने सूचीमा परेको हो।
⇒ अग्नी सापकोटा निर्दोष : अदालतमा कुनै मुद्दा छैन
सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको इजलासमा परेको सो रिट न्यायाधीश फुयाँलले कानुन व्यवसायी हुँदा सापकोटाविरुद्धकै मुद्दामा बहस गरेकाले हेर्न नमिल्ने सूचीमा परेको हो।
फुयाँल कानुन व्यवसायी हुँदा सापकोटाविरुद्धकै अर्को मुद्दामा बहस गरेका थिए। सोही कारण उनले सापकोटाविरुद्धको रिट हेर्न नमिल्ने सूचीमा परेको हो।
अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख घोषणा नगर्न माग गर्दै शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए।