विपिन कार्की भन्छन्– ‘स्टारडम भनेको मुतको न्यानो हो’



१२ माघ २०७६, काठमाडौँ

विपिन कार्की अहिलेका सर्वाधिक डिमाण्डेड र चर्चित अभिनेता हुन् । उनले आफ्नो अभिनयका कारण दर्शकले बाध्न सक्छन् । जस्तोसुकै भूमिकालाई पनि जीवन्त उतार्न सक्ने भएकाले विपिनलाई भर्सटायल अभिनेता पनि भनिन्छ ।

यतिबेला उनी माघ २४ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको चलचित्र सेल्फि किङ्ग को प्रमोशनमा व्यस्त छन् । सेल्फि किङ्ग मा उनी दर्शकलाई हसाउँने कलाकारको भूमिकामा देखिएका छन् ।

यतिबेला चलचित्रको एक संवाद सर्वाधिक हिट भैरहेको छ । चलचित्रको एक सिनमा विपिनले भनेका छन्, ‘यो मुला स्टारडम, सेलिब्रेटी, पपुलारिटी, फ्रेम भन्ने कुरा छ नी मुतको न्यानो जस्तो मात्र हो । एकछिन तातो हुन्छ मज्जा आउँछ । एकछिन पछि घिन लाग्न थाल्छ । गन्हाउँछ ।’ धेरैले यो संवादलाई तीतो यथार्थ भनेका छन् ।

विपिनले स्टारडम भनेको वास्तवमै मुतको न्यानो मात्र भएको बताएका छन् । तर यो डाइलग चलचित्रको कथाले मागेका कारण चलचित्रमा राखिएको बताए । यद्दपि यो डाइलगले कुनै कलाकारको अपमान भने गर्न खोजेको होइन भन्ने तर्क विपिनले राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्