१२ माघ २०७६, काठमाडौँ
हरिवंश आचार्य वरिष्ठ कलाकार मात्र नभएर चर्चित गायक पनि हुन् । उनी स्वयम गीत लेख्ने र गाउने पनि गर्छन् । हरिवंश आचार्यले धेरै गीतहरु गाइसकेका छन् ।
भर्खरै मात्र उनको नयाँ गीत रिलिज भएको छ । हिरन्या भोजपुरेको शब्द र हरिसरण स्यागीको संगीत रहेको म त माकुरीको जालमा परेर बोलको गीतमा हरिवंश आचार्य र टिका प्रसाईको आवाज रहेको छ ।
निकै रमाइलो शैलीको गीतमा हरिवंश आचार्य र टिका प्रसाई नै फिचर्ड छन् । गीतलाई आराध्या लक्ष्मी खड्गीले कोरियोग्राफी गरेकी हुन् ।