१३ माघ २०७६, काठमाडौँ
बलिउड अभिनेता शाहरुख खान अहिले चलचित्रको पर्दामा देखिएका छैनन् । तर उनको व्यस्तता पनि कम भने भएको छैन । अहिले उनी विभिन्न रियालिटी शो मा हरुमा पुगिरहेका छन् ।
यस्तै केहीदिन अघिमात्र उनी डान्स प्लस को मञ्चमा पुगेका थिए । उनले त्यहाँ आफ्नो धर्मबारे केही बोलेका थिए । शाहरुखले उनको घरमा कहिल्यै पनि धर्मलाई लिएर विवाद नभएको बताएका छन् ।
उनकी श्रीमती गौरी खान हिन्दु धर्मबाट हुन्, शाहरुख मुसलमान हुन् । उनले डान्स प्लस को मञ्चमा आफू मुसलमान, श्रीमती हिन्दु र छोराछोरी हिन्दुस्तान भएको बताएका छन् ।
उनको यो भनाइले अहिले सर्वाधिक चर्चा बटुलिरहेको छ । यो भनाइ सुनेर सबैले शाहरुखले आफ्नो देशलाई निकै माया गर्ने गरेको बताएका छन् ।