करोरोना भाइरस प्रभाव : हिमालयन एयरलाइन्सद्वारा चीनका तीन गन्तव्यमा उडान स्थगित



१४ माघ २०७६, काठमाडौं

उत्तरी छिमेकी चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस संक्रमणले महामारीको रुप लिएपछि चीनका पाँच शहरमा उडान गर्दै आएको नेपालको निजीक्षेत्रको हिमालयन एयरलाइन्सले तत्कालिका लागि तीन शहरमा आफ्ना उडान स्थगित गरेको छ ।

केही सातादेखि चीनमा आक्राम रुपमा फैलिएको यो भाइरसका कारण चिनियाँ सरकारले समेत आफ्ना नागरिकलाई बाहिर जान बन्देज लगाएको अवस्थामा तत्कालका लागि चाङमा, कुइयाङ र शन्चेनमा उडान स्थगित गरेको हो ।

हिमालयका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार कम्पनीले काठमाडौँ–पेचिङ र काठमाडौँ–चोङछिङ उडान भने नियमित नै गर्नेछ । यो समाचार आजको आर्थिक अभियानमा हिमा विकले लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्