१३५ यात्रु सवार विमान सडकमै अवतरण [भिडियो]



१४ माघ २०७६, काठमाडौं

इरानमा एक यात्रुवाहक विमान सडकमै अवतरण भएको छ।

इरानको दक्षिण पश्चिमी शहर माशहरको एयरपोर्ट नजिकै यस्तो घटना भएको हो। विमानस्थलको रनवेमा ल्यान्ड गर्ने प्रयास गर्दै गर्दा सो विमान नजिकैको सडकमा ल्यान्ड भएको हो।

सो विमानमा १३५ यात्रु सवार रहेकामा सबै सकुशल रहेको अधिकारीहरुले बताएका छन्। क्यास्पियन एयरलाइन्सको उक्त विमान इरानको राजधानी तेहरानबाट माशहर जाँदै गरेको बताइएको छ।

बीबीसीका अनुसार विमानमै सवार एक पत्रकारले विमानको पछिल्लो चक्का टुटेको र बिना चक्का सडकमा पुगेको बताएका छन्।

त्यहाँस्थित विमान विमागका प्रवक्ता रेजा जाफरजादेले स्थानीय समयानुसार सोमबार विहान ७ः५० बजे उक्त घटना भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्