रिहा भएपछि आस्थाले भनिन्, ‘यो घटनाले मलाई सचेत बनाएको छ’



१५ माघ २०७६, काठमाडौँ

गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा भएकी छिन् । आस्थाले रिहा भएपछि आफूबाट केही गल्ती पक्कै भएको बताएकी छिन् ।

आस्थाले यो घटनाबाट आफूले निकै राम्रो पाठ सिकेको पनि बताइन् । उनले अब आफू हरेक पटक सजग हुने बताएकी छिन् ।

सोमवार प्रहरीको सम्पर्कमा आएर ‘पक्राउ’ परेकी आस्था प्रशासनले मंगलवार नै रिहा गर्न आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्