सेलेनाको खुलासा– ‘प्रेममा हुदाँ जस्टिनले शोषण गरेका थिए’



१६ माघ २०७६, काठमाडौँ

सेलेना गोमेज हलिउडकी सर्वाधिक चर्चित गायिका हुन् । तर उनी विश्वभर नै फेमस छिन् । उनलाई मन नपराउने सायदै कोही छन् । अझ युवापुस्तामा त उनको क्रेज लोभलाग्दो नै रहेको छ ।

उनै सेलेना गोमेज कुनै समय हलिउडका अर्का चर्चित गायक जस्टिन बिबरको प्रेममा थिइन् । जस्टिन र सेलेनाको जोडीलाई दर्शकले अत्यन्तै रुचाएका थिए । यी दुई अलग्गिन्छन् भनेर पनि कसैले सोचेका थिएनन् । अहिले सेलेना आफ्नो जीवनमा खुसी छिन् र जस्टिन पनि आफ्नै जीवनमा खुसी छन् ।

तर जस्टिनसँग छुट्टीएको लामो समयपछि सेलेनाले जस्टिनसँग प्रेममा हुदाँ जस्टिनले आफूमाथि शोषण गरेको खुलाएकी छिन् । उनले जस्टिनले आफ्नो भावनामाथि शोषण गरेको बताएकी छिन् ।

जस्टिनसँग ब्रेकअप भएपछि केहीसमय उनी निकै टुटेकी थिइन् । उनले गीतहरु पनि भावुक खालका मात्र गाएकी थिइन् । तर उनी अहिले आफूमाथि गर्व गर्छिन् र आफ्नो जीवनमा खुसी पनि छिन् ।

प्रतिक्रिया दिनुहोस्