१६ माघ २०७६, काठमाडौँ
बलिउडकी चर्चित नायिका सन्नी लियोनी कुनै पनि काम सानो वा ठूलो नहुने तर्क राख्छिन् । हाम्रो समाजमा मानिसको कामको आधारमा उनको मूल्यांकन गरिने गरिन्छ । अझ भनुम कामकै आधारमा मानिसले गर्ने व्यवहारमा अन्तर पनि देखिन्छ ।
हालै निर्मात्री बनेकी सन्नी भने आफूलाई माया गर्ने सबै मानिस आफ्नो लागि बराबर भएको धारणा राख्छिन् । अझ उनले सेटमा कसैलाई चिया दिनु पर्यो भने पनि आफू त्यसको लागि तयार रहेको बताएकी छिन् ।
उनले कसैको बाहिरी रुपमात्र हेरेर उसको मूल्यांकन गर्नु विल्कुलै उचित नभएको बताएकी छिन् । उनले भित्री रुपमा कसैको समस्या र पीडा नबुझी कसैलाई औंला उठाउन नहुने जिकिर गरिन् ।