‘बीबीसी समाचार शाखा’का ४५० जनाले गुमाए, जागिर



१६ माघ २०७६, काठमाडौं

ब्रिटिश ब्रोड्कास्टिङ्ग कर्पोरेशन (बीबीसी) का ४५० जनाले जागिर गुमाएका छन्।

खर्च कटौती गर्ने योजना र स्रोत तथा दर्शकहरुको आवश्यकता बदलिएको भन्दै बीबीसीले उनीहरुलाई अवकाश दिइएको जनाएको छ।

बीबीसीले बुधबार गरेको घोषणाअनुसार लामो अनुसन्धान र छलफलपछि कर्मचारी कटौती गर्ने अप्रिय निर्णय गर्नु परेको हो।

‘बीबीसीले आफ्ना दर्शक–स्रोताको नयाँ चाहना र आवश्यकताका कारण नयाँ चूनौती सामना गर्नुपरेको छ। त्यही अनुसार हामीले पनि नयाँ कदमहरु चाल्न थालेका छौं। ’बीबीसीका समाचार तथा समसामयिक मामिला प्रमुख फ्रान अनस्वार्थले भने।

प्रतिक्रिया दिनुहोस्