पशुपति क्याम्पसका पूर्व स्ववियु सभापति मनोज वैद्य नेविसंघ महामन्त्रीमा मनोनित



१६ माघ २०७६, काठमाडौं

पशुपति बहुमुखी क्याम्पसको पूर्व स्ववियु सभापति मनोज वैद्य नेपाल विद्यार्थी संघको केन्द्रिय महामन्त्रीमा मनोनित भएका छन् ।

नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको २०७५ फागुन १ गतेको बैठकको निर्णय अनुसार नेपाली काँग्रेसको विद्यान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम रिक्त हुन गएको नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ केन्द्रिय तदर्थ कार्य समिति को गठन पार्टी सभापति शेरबहादुर देउवाद्वारा बमोजिम गरिएको छ । जसमा,

अध्यक्ष (सुनसरी) : राजिव ढुंगाना
महामन्त्री (काठमाडौं) : मनोज वैद्य
महामन्त्री (पाल्पा) : महेश्वरी कुँवर

तदर्थ समितिले ६ महिनाभित्र नेपाल विद्यार्थी संघको आगामी १२ औं केन्द्रिय महाधिवेशन गरिसक्नुपर्ने जिम्मेवारी समेत दिएको छ ।

पछिल्लो समय विभिन्न मुद्दामा सरकार विरोधी अभियानको नेतृत्व गरेका वैद्य यसअघि नेविसंघ काठमाडौंका सभापति थिए ।

नेपाली काँग्रेस केन्द्रिय समितिद्वारा जारी विज्ञप्ति :

Manoj Baidya

प्रतिक्रिया दिनुहोस्