खुल्ला कपडा लगाएका कारण आलोचना गर्नेलाई प्रियंकाले दिइन् कडा जवाफ…



१६ माघ २०७६, काठमाडौँ

बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा केहीसमय अघि एक अवार्ड समारोहमा आफ्ना पति निकका साथ पुगेकी थिइन् । उक्त अवार्ड समारोहमा प्रियंकाले निकै खुल्ला परिहन लगाएर गएकी थिइन् ।

जसका कारण प्रियंकाका फ्यान असन्तुष्ट देखिए । प्रियंका बेला बेलामा कपडाका कारण विवादमा आइरहेकी हुन्छिन् । यसपटक पनि उनी यो कुराबाट अछुतो रहन सकिनन् ।

सामाजिक सञ्जालमा अहिले प्रियंकाको निकै ट्रोल भैरहेको छ । यस्तै प्रियंकाले कपडाका कारण जथाभावी कमेन्ट गर्ने र ट्रोल गर्नेलाई कडा जवाफ दिएकी छिन् ।

उनले इन्ष्टाग्राममा एक तस्बिर पोष्ट गर्दै लेखेकी छिन्, ‘म सोचिरहेकी थिएँ कि यो वर्षको सुरुवात कति रोमाञ्चक रह्यो र अहिले त केवल जनवरी महिना मात्रै बितेको छ । जोसँग तपाइँ प्रेम गर्नुहुन्छ उनीहरुलाई धेरै माया गर्नुस् । तपाइँ जस्तो जिन्दगी जिउन चाहनुहुन्छ त्यतै जिउनुस् । यो समय संसारमा सबै समस्याको साथमा आफ्नो र आफ्नो आसपास सबैको लागि दयालु रहनुहोस् ।’

प्रियंकाले अगाडि लेखेकी छिन् ‘मैले तपाइँहरुबाट जुन माया पाएँ त्यसको लागि आभारी छु । र, जब माया पाउँदिन त्यसको लागि पनि आभारी रहनेछु । आसपासका व्यक्तिहरुको लागि दयालु र विनम्र बन्नुहोस् । यो निकै जरुरी छ । यो जिन्दगी एक अनमोल उपहार हो ।’

प्रतिक्रिया दिनुहोस्