गृह सचिव प्रेम राईले दिए राजीनामा



१७ माघ २०७६, काठमाडौं

गृह सचिव प्रेमकुमार राईले पदबाट राजीनामा दिएका छन्।

आगामी २२ माघबाट अनिवार्य अवकाश पाउन लागेका राईले अनिवार्य अवकाश पाउनुभन्दा दुई दिन अगाडिबाट लागू हुने गरी पदबाट राजीनामा दिएका हुन्।

सचिव राईले मुख्यसचिव लोकदर्शन रेग्मी समक्ष राजीनामा बुझाएका हुन्। लामो समय गृह मन्त्रालयमा रहेका सचिव राई कम विवादित सचिवका रुपमा परिचित छन्।

उनको राजीनामासँगै गृह सचिवका दागि दौडधुप समेत शुरु भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्