फागुन १७ मा विवाह गर्दै आयुष्मान र प्रियंका !



१८ माघ २०७६, काठमाडौँ

नायिका प्रियंका कार्की लामो समयदेखि नायक आयुष्मान देशराज जोशीको प्रेममा छिन् । यी दुईले २ पटक इन्गेजमेन्ट समेत गरिसकेका छन् । गत असारमा विवाह गर्ने तयारी बनाएका यी दुईले आफ्नो व्यस्तता देखाउँदै केहीसमय पछि विवाह गर्ने बताएका थिए ।

आजभोली आयुष्मान र प्रियंकालाई हरेक ठाउँमा विवाहबारे मात्र प्रश्न गर्ने गरिन्छ । अब भने प्रियंका यो प्रश्नबाट मुक्त हुने भएकी छिन् । केहीसमय अघि उनले आफ्नो साथीहरुलाई थाइल्याण्डमा ब्याचलर पार्टी दिएकी थिइन् ।

त्यहाँबाट नै आयुष्मान र प्रियंकाको अब छिट्टै विवाह हुने कुरा थाहा भएको थियो । अहिले भने नायिका प्रियंका कार्कीले आफ्नो विवाह यहि फागुनमा हुने पक्का भएको बताएकी छिन् ।

यो खबरले प्रियंका र आयुष्मानका फ्यान निकै खुसी समेत भएका छन् । प्रियंकाले फागुन १७ मा निकै राम्रो साइत भएकाले त्यहिँ दिन आफ्नो र आयुष्मानको विवाह हुने सक्ने बताएकी छिन् । फागुन १७ मा नभए पनि प्रियंकाले फागुनभित्र नै विवाह हुने पनि बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्