१८ माघ २०७६, काठमाडौँ
नारायण रायमाझीको निर्देशनमा बन्न लागेको चलचित्र परदेशी २ को छायांकन फागुनको दोस्रो साताबाट सुरु हुने बताइएको छ । चलचित्रमा चर्चित गायक प्रकाश सपूत नायकको रुपमा देखिने पक्का भैसकेको छ ।
प्रकाशको यो डेब्यु चलचित्र हो । चलचित्रको लागि लामो समयदेखि नायिकाको खोजी भैरहेको थियो । प्राप्त जानकारी अनुसार चलचित्र परदेशी २ मा प्रकाशको जोडीको रुपमा नायिका बर्षा राउत देखिने भएकी छिन् ।
बर्षा र चलचित्र टिमबिच कागजी सम्झौता पनि भैसकेको छ । तर यसबारे बर्षाले केहीपनि बताएकी छैनन् । उनले चलचित्रका लागि आफूसँग कुरा भएपनि फाइनल डिसिजन आफूले नदिएको बताएकी छिन् ।