१८ माघ २०७६, काठमाडौँ
बलिउड स्टार सलमान खानलाई सधैँ उनको विवाहबारे प्रश्न गर्ने गरिन्छ । सलमानले धेरै पटक आफूले विवाह नगर्ने बताइसकेका छन् । तर विवाह नगर्नुको कारण भने उनले बल्ल खुलाएका छन् ।
वास्तवमा सलमानलाई विवाहमाथि कत्तिपनि विश्वास नै छैन । उनलाई विवाह एउटा संस्था जस्तै भैसकेको जस्तो लाग्छ । उनी सुखदुखमा साथ दिने आफ्नो परिवार नै हो भन्ने कुरामा विश्वास गर्छन् ।
त्यसैकारण सलमानलाई विवाहमा विल्कुलै रुचि छैन । बरु उनले भविष्यमा आफ्नो पिता बन्ने सम्भावना भने रहेको बताएका छन् ।