१८ माघ २०७८६, काठमाडौँ
नायिका आँचल शर्मा केहीसमय देखि डा. उदिप श्रेष्ठको प्रेममा रमाइरहेकी छिन् । उनले यहि बर्षभित्र उदिपसँग आफ्नो विवाह हुने सम्भावना भएको बताएकी थिइन् । नभन्दै नायिका आँचलले आफ्नो विवाहको घोषणा गरेकी छिन् ।
आँचलले फागुनको २५ वा २७ गतेभित्र विवाह गर्ने भएकी छिन् । उनले हिजो शुक्रबार आफ्नो परिवारसँग मिलेर हुनेवाला दुलहीको केक पनि काटिन् । आँचलले केहीमहिना अघिमात्र उदिप आफ्नो प्रेमी भएको खुलाएकी थिइन् ।