१८ माघ २०७६, काठमाडौँ
नायिका प्रियंका चोपडा केहीसमय अघि कपडाका कारण नराम्रोसँग ट्रोल भएकी थिइन् ।
अत्याधिक ट्रोल भएपछि प्रियंकाले इन्ष्टाग्राममा एक लामो स्टाटस लेख्दै ट्रोल गर्नेहरुलाई कडा जवाफ दिएकी थिइन् ।
अहिले प्रियंकाकी आमा मधु चोपडाले पनि प्रियंकाको लुुगाबारे केही बोलेकी छिन् । प्रियंकाकी आमा मधु चोपडाले प्रियंकाले उक्त लुगाको नमुना पहिले नै आफूलाई देखाएको र आफूले नै प्रियंकालाई उक्त कपडा लगाउन अनुमति दिएको बताइन् ।
मधुलाई उक्त लुगा लगाउन गाह्रो छ भन्ने थाहा थियो तर उनले प्रियंकाले लगाएको लुगा एकदमै एक्सपेन्सिभ पनि भएको बताइन् ।