करीनाको तारिफ गर्दै सैफले भने, ‘बेबोलाई पाउनु मेरो भाग्य नै हो’



१८ माघ २०७६, काठमाडौँ

सैफअली खान र करीना कपुर बलिउडका क्युट कपल हुन् । यी दुईको जोडीलाई दर्शकले निकै रुचाउने गरेका छन् । करीना सैफअली खानकी दोस्री श्रीमती हुन् ।

सैफ करीनालाई पाउनु आफ्नो भाग्य हो भन्ठान्छन् । सैफले करीना र आफ्नो सम्बन्ध निकै नै राम्रो भएको बताएका छन् । उनीहरु घरका हरेक काम एकसाथ गर्ने गर्छन् ।

उनले करीनाले काम र साथीलाई सधै अलग राखेर व्यवहार गर्ने बताएका छन् । चाहे खाना बनाउन होस्, घरमा साथीहरुसँग मस्ती गर्न, कुनै पनि देशमा कटेज रेन्ट गर्नको लागि जे कुराको लागि पनि करीना निकै सिपालु भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्