चीनबाट आउनेलाई प्रवेश नदिने अष्ट्रेलियाको घोषणा



१८ माघ २०७६, काठमाडौं

अष्ट्रेलियाले चीनबाट आउनेहरुलाई आफ्नो देशमा प्रवेश गर्न नदिने घोषणा गरेको छ।

अष्ट्रेलिया सरकारले शनिबार [आज] आफ्ना नागरिकबाहेक अरू कसैलाई पनि प्रवेश गर्न नदिने घोषणा गरेको अधिकारीहरुले जनाएका छन्।

चीनमा पहिलोपटक देखिएको नोवेल कोरोना भाइरस अहिले विभिन्न देशहरुमा फैलिन थालेपछि त्यसलाई नियन्त्रण गर्नका लागि अष्ट्रेलियाले यस्तो निर्णय लिएको हो।

“अष्ट्रेलियाका नागरिक, अष्ट्रेलियाका बासिन्दा, उनीहरुमा आश्रित, कानूनी संरक्षक तथा अविभावकलाई मात्रै चीनबाट अष्ट्रेलिया आउन अनुमति दिइनेछ।” अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भनेका छन्।
♥ अमेरिकाको घोषणा : चीन भ्रमण गरेका विदेशीलाई भिसा नदिने, हजारौं नेपाली प्रभावित
यस्तै प्रधानमन्त्री स्कटले यो व्यवस्था शनिबारदेखि नै लागू भइसकेको उनले जानकारी दिएका छन्। उनले नाकाहरुमा यसका लागि सम्पूर्ण व्यवस्था गरिसकिएको र सरकारी अधिकारीहरु तथा प्राविधिक र विज्ञहरु पनि खटाइसकिएको बताए।

अष्ट्रेलियाको विदेश मन्त्रालयले आफ्ना नागरिकहरुलाई चीनको भ्रमणमा नजानसमेत सूचना जारी गरेको छ।–एजेन्सी

प्रतिक्रिया दिनुहोस्