नेकपा केन्द्रीय समिति बैठक : सचिवालय केही नबोल्ने



१८ माघ २०७६, काठमाडौं

जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकमा समूहगत छलफल सकिएको छ।

१५ वटा समूह र तीन आयोगसहित पाँच निकायले शनिबार (आज) आफ्नो छलफलको निष्कर्ष पेश गरिसकेका छन्।

अब बैठक आइतबार (भोलि) १ बजेको लागि बोलाइएको छ। स्रोतकाअनुसार बैठक भोलि नै सकिने छ। केन्द्रीय समिति बैठक मिलेनियम् च्यालेञ्ज् कर्पोरेशन् (एमसीसी) मै बढी ठोकिरहेको छ।

यसपश्चात् भोलिको बैठकमा सचिवालय केही पनि नबोली नै बैठक सकिने छ। “यसअघि नै सहमति भएको छ। सचिवालयका कोही पनि बोल्नुहुन्न।” एक नेताले भनेका छन्।

उनका अनुसार भोलि बिहान सचिवालयको बैठक बस्नेछ। त्यसपछि दिउँसो १ बजे बस्ने केन्द्रीय कमिटी बैठकमा महासचिव विष्णु पौडेल र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुले उठाएको प्रश्नको उवाफ दिनेछन्।

बैठकले राजनीतिक र सांगठनिक प्रतिवेदनका साथै विधान संशोधन प्रस्ताव पास गर्नेछ।

प्रतिक्रिया दिनुहोस्