‘पार्टीको ताल देख्दा जोगी बन्न मन लाग्छ’



१९ माघ २०७६, काठमाडौं

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य राजेन्द्र राईले पार्टीको ताल देख्दा जोगी बन्न मन लागेको बताएका छन्।

जारी नेकपाको केन्द्रीय समिति बैठकमा नेता राईले पार्टी हिँडेको बाटो ठीक नभएको गुनासो गर्दै यस्तो बताएका हुन्। उनले पार्टीको तल्लो तहका कार्यकर्ताहरुमा पार्टी हिँडेको बाटो सही नभएको कुरा उठ्‍न थालेको बताए।

नेकपाले बनाएको १५ वटा समूहमध्ये ११ नम्बर समूहका नेता राईले भने, ‘हामीलाई समूहको नेता छान्‍न पनि गाह्रो भयो। यसले हाम्रो पार्टी कहाँ पुगेको छ, भनेर पनि देखाएको छ। पार्टीमा गुटबन्दी देखिएकाले यस्तो भएको हो।’

राईले पार्टी नेतृत्वबाटै विधानका धाराहरु मिच्‍ने काम भएको भन्दै आलोचना पनि गरे। एमसीसीको विषयमा केन्द्रमा नेताहरु विभाजित भए जसरी नै सदस्यहरु विभाजित भएकाले अध्ययन र छलफल गरेर मात्रै एमसीसीबारे निर्णय गर्नुपर्ने राईको भनाई थियो।

प्रतिक्रिया दिनुहोस्