२१ माघ २०७६, काठमाडौं
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपाने गृह मन्त्रालयमा सरुवा भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले न्यौपानेलाई गृह मन्त्रालयमा सरूवा गर्ने निर्णय गरेको हो।
निवर्तमान गृह सचिव प्रेम राईको अवकाशसँगै न्यौपाने गृह मन्त्रालयमा सरुवा भएका हुन्।
गृह सचिवका लागि न्यौपानेसँगै यादव कोइराला, केदारबहादुर अधिकारी पनि दावेदार थिए।
फाइल तस्वीर