‘सेन्टि भाइरस’ को विदेश राइट्स १ करोड १५ लाखमा विक्रि



२१ माघ २०७६, काठमाडौँ

चर्चित कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को निर्माणमा तयार भएको चलचित्र सेन्टि भाइरस को विदेशी राइट्स विक्रि भएको छ ।

रिलिज नहुदैँ सेन्टि भाइरस १ करोड १५ लाखमा विक्रि भएको जानकारी निर्माण टिमले दिएको छ । सेन्टि भाइरस फागुन ९ गतेदेखि देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।

फिल्मको अन्तर्राष्ट्रिय राइटस् यति ठूलो रकममा विक्री भएको यो पहिलो हो । अमेरिकाको नेप्सिने कम्पनीले राइटस् खरिद गरेको आयोजकले जनाएको छ ।

आज ९सोमवार० रंगशाला निर्माण स्थलमा सुबिहानी फिल्मस् को तर्फबाट कलाकार तथा अभियन्ता सिताराम कट्टेल ९धुर्मुस० र नेप्सिने कम्पनी नेपालको प्रमुख विधान कार्कीबीच सम्झौता गरियो ।

प्रतिक्रिया दिनुहोस्