निकिताले भनिन्, ‘साङ्लो मा काम गर्नुअघि म डिप्रेशनमा गएकी थिए’



२१ माघ २०७६, काठमाडौँ

माघ २४ गतेबाट देशव्यापी रुपमा  प्रदर्शनमा आउन लागेको चलचित्र साङ्लो बाट चलचित्र जगतमा भित्रिन लागेकी अभिनेत्री निकिता चाण्डक साङ्लो लाई लिएर निकै नै उत्साहित छिन् ।

साङ्लो मा निकिताले आफूले निकै मेहेनत गरेको बताइहेकी छिन् । यस्तै चलचित्रको प्रचारप्रसारको क्रममा निकिताले साङ्लो मा काम गर्नुअघि आफू डिप्रेशनमा गएको खुलासा गरेकी छिन् ।

वास्तवमा निकिताले साङ्लो बाट नभई रानीमहल बाट चलचित्रमा डेब्यु गर्ने भएकी थिइन् । तर रानीमहल को काम बिचमै रोकिएपछि निकितालाई चित्त दुखेको थियो ।

उक्त चलचित्रको लागि उनले धेरै नै मेहेनत गरेकी थिइन् । तर उनले आफ्नो काम दर्शकलाई देखाउन पाइनन् । जसका कारण उनले आफूलाई धेरै नै गाह्रो भए डिप्रेशनमा समेत गएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्