राप्रपा (संयुक्त) का नेता थापाद्वारा पार्टी परित्यागको घोषणा



२१ माघ २०७६, काठमाडौं

राप्रपा (संयुक्त) का उच्चस्तरीय कार्य सम्पादन समितिका सदस्य विष्णु विक्रम थापाले पार्टी परित्यागको घोषणा गरेका छन्।

पार्टी अग्रगमनतर्फ उन्मुख हुनुपर्नेमा पश्चगमनतर्फ उन्मुख हुन लागेको भन्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन्।

पार्टी अध्यक्षद्वय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीलाई सम्बोधन गरेर उनले लेखेको पत्रमा उच्चस्तरीय कार्य सम्पादन समितिका साथै केन्द्रीय सदस्य र साधारण सदस्यबाट समेत राजीनामा दिइएको उल्लेख छ।

यसैबीच उनी नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारीमा रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्