२१ माघ २०७६, काठमाडौं
अछाममा एक वडाध्यक्षको हत्या भएको छ।
पञ्चदेवल विनायक नगरपालिका–२ अध्यक्ष पदमबहादुर धामीको अज्ञात समूहले हत्या गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
उनको शव मंगलबार बिहान भैंसी गोठमा फेला परेको हो। डिएसपी दीपक भारतीले धामीलाई अज्ञात समूहले कुटेर हत्या गरेको हुनसक्ने बताएका छन्।
उनले घटनाको अनुसन्धान शुरु गरिएको बताएका छन्। धामीको टाउकोमा गम्भीर चोट देखिएको छ।
धामी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए।