यि हुन् विश्वका सबैभन्दा धनी व्यक्ति, केही समयमै कमाए ८ अर्ब



२१ माघ २०७६, काठमाडौं

अमेरिकाको जेफ बेजोस विश्वका सबैभन्दा धनी व्यक्ति हुन्, झनै धनी बन्न सफल भएका छन् ।

बेजोसको जन्म (जनवरी १२/१९६४)मा भएको हो। उनी एक अमेरिकी प्रविधि उद्यमी,लगानीकर्ता र समाजसेवी हुन् । उनी अमेजनको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत हुन् ।

बेजोसले शुक्रबार आफ्नो सम्पत्तिमा थप आठ अर्ब डलर जोडेका छन् । अघिल्लो दिन १८७० अमेरिकी डलरमा कारोबार बन्द भएको उनको कम्पनीको शेयर शुक्रबार बढेर २ हजार डलरमा कारोबार बन्द भएको थियो । कम्पनीको शेयरमा भएको ७ प्रतिशतको वृद्धिले बेजोसको सम्पत्ति ८ अर्बले बढ्यो ।

बेजोसको अधिकांश सम्पति अमेजनको शेयर मुल्यसँग गासिएको छ । उनीसँग अमेजनको ५ करोड ७५ लाख शेयर छ जुन कम्पनीको कुल शेयरको १२ प्रतिशत हो । शेयरको मुल्य वृद्धिपछि अमेजनका मालिकको कुल सम्पती १ खर्ब १५ अर्ब अमेरिकी डलर पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्