२१ माघ २०७६, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम् च्यालेञ्ज् कर्पोरेसन (एमसीसी) सम्झौता संसदको यही अधिवेशनबाट पास हुने बताएका छन्।
मंगलबार (आज) साँझ सम्पादकहरुसँग भएको भेटमा उनले एमसीसी यही अधिवेशनबाट पास हुने बताएका हुन्।
‘केही साथीहरुले बुझ्न बाँकी भएकाले कार्यदल बनाइएको हो।’ प्रधानमन्त्रीले भनेका छन्।
सत्तारुढ नेकपाले हालै मात्र केन्द्रीय कमिटीबाट एमसीसीबारे अध्ययन गर्न कार्यदल बनाएको छ।
वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा बनेको कार्यदललाई १० दिनको समय दिइएको छ।