नेकपा सचिवालय सदस्यहरुको लागि बालुवाटारमा ‘सारंगी साँझ’



२१ माघ २०७६, काठमाडौं

गत आइतबार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य र सांसदका लागि ‘डिनर’ को आयोजना गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार (आज) भने ‘सारंगी साँझ’को आयोजना गरेका छन्।

नेकपा सचिवालयका सदस्य र आफ्नो क्याबिनेटका मन्त्रीहरुका लागि पार्टी अध्यक्षसमेत रहेका ओलीले बालुवाटारमा  ‘सारंगी साँझ’को आयोजना गरेको एक मन्त्रीले बताएका छन्।

सारंगीको धुनसँगै नेता र मन्त्रीले खानपिन गर्नेछन्। त्यसको लागि सचिवालयका नेता र मन्त्रीहरु बालुवाटार पुगिसकेका छन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल भने पूर्वनिर्धारित कार्यक्रम अनुसार नै पोखरा गएका कारण भोजमा सहभागी छैनन्।

त्यसबाहेकका अन्य सदस्यहरु नेकपा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेल भने भोजमा सहभागी भएका छन्।

कार्यक्रममा वाद्यवादकहरुले प्रस्तुती दिने प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार इन्द्र भण्डारीले बताए।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्