किन मोटाउँछन् विवाहपछि मानिसहरु?



२१ माघ २०७६, काठमाडौं

अधिकांश मानिसहरु विवाहका लागि मोटाउने र दुब्लाउने गर्दछन्।

विवाहमा आर्कषक देखिन शरिरलाई सन्तुलनमा ल्याउन धेरैले निकै मेहनत पनि गर्दछन्।

तर विवाहपश्चात् भने मानिसहरु शरिरको फिटनेसमा वास्ता गर्दैनन्। त्यसैले पनि अधिकांश मानिस विवाहपछि अस्वभाविक रुपले मोटाउने गर्दछन् ।

तर, विवाहपश्चात् के–के कारणले मोटाउछन्? जान्नुहोस्….

ब्यायाम नहुनु

विवाहअघि शरिरलाई सन्तुलनमा ल्याउन ब्यायाम गर्नेहरु विवाहपश्चात् भने शारीरिक बनावट, डाइट र फिटनेसमा ध्यान दिँदैनन्।

जसकारण विवाहपश्चात् मानिसहरु अस्वभाविक रुपमा मोटाउने गर्दछन्।

ढिलो विवाह

मानिस मोटाउने उमेर भनेको औसतमा ३० बर्षपछि शुरु हुन्छ। र, आजकाल धेरै मानिस सेटल भएपश्चात् वा ३० बर्षको हाराहारीमा विवाह गर्दछन्।

जबकी ३० वर्षको उमेरपश्चात् हाम्रो शरिरमा मेटाबोलिजमको रेट कम हुन गइ तौल बढ्न थाल्छ।

हर्मोनल परिवर्तन

विवाहपश्चात् मानिसको दैनिकी र जीवनशैली परिवर्तन हुन्छ।

जसले शरिरमा थुप्रै हर्मोनल परिवर्तन हुन्छन्। जसकारण मानिसहरु विवाहपश्चात् अस्वभाविक रुपमा मोटाउने गर्दछन्।

अनिन्द्रा

विवाहपश्चात् मानिस मोटाउनुको अर्को कारण भनेको अनिन्द्रा हो। विवाहपश्चात् मानिस निकै व्यस्त हुने भएकाले उनीहरु पर्याप्त निदाउन पाउँदैनन्।

अध्ययन अनुसार नियमित ६ घण्टाभन्दा कम सुत्ने मानिसको शरिरमा मेटाबोलिजम कम हुन्छ। जसकारणले मानिस मोटाउने गर्दछन्।

तनाव बढ्नु

विवाहपश्चात् मानिसको जीवनमा आएका परिवर्तनहरुले कतिपय विवाहिताहरु तनावमा हुने गर्दछन्।

तनावमा भएका मानिसमा भोक ज्यादा हुन्छ र उनीहरु असन्तुलित खानपान गर्दछन् र मोटाउने गर्दछन्।

अन्य कारण

विवाहपश्चात् मानिसहरु भेटघाट तथा घुमघाममा जादा बढी मात्रामा अनेकौं परिकारहरु खानुपर्ने हुन्छ।

बाहिरको खानामा क्यालोरीको मात्रा अधिक हुन्छ। साथै, हेभी खानाले स्वतः शरिरको वजन बढाउने गर्दछ।

प्रतिक्रिया दिनुहोस्