‘चीनमा रहेका सबै नेपाली सुरक्षित’



२२ माघ २०७६, काठमाडौं

चीनले विभिन्न शहरमा रहेका नेपालीमा कोरोना भाइरस संक्रमण नभएको प्रष्ट पारेको छ।

“हुपे प्रान्त, शहरका अधिकारी र सम्बन्धित विश्वविद्यालयले विद्यार्थीलाई उचित बसोबासको व्यवस्था मिलाएका छन्। उनीहरू सुरक्षित छन्।’ चिनियाँ राजदूत होउ यान्छीले नेपाली सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा भनेकी छिन्।

चीनले नेपाली फर्काउने तयारी गर्न सरकारलाई सुझाव दिएको छ। हुपे प्रान्तमा रहेका करिब दुई सय नेपाली विद्यार्थीले नेपाल फर्किन निवेदन दिएका छन्। ती नेपालीलाई फर्काउन चीनले सहयोग गर्ने राजदूत होउले बताएकी छिन्।

उनले विमानस्थलमा क्वारेन्टाइन, भाइरसको रक्षा र नियन्त्रणसहित विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरुको सल्लाहअनुसार भाइरस नियन्त्रणका लागि तयारी थाल्न नेपाल सरकारलाई सुझाव दिएकी छिन्।

प्रतिक्रिया दिनुहोस्