२३ माघ २०७६, काठमाडौं
सरकारले गत २० माघको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको छ।
बिहीबार (आज) नियमित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्ले गरेका २३ निर्णयहरु सार्वजनिक गरेका हुन्।
मन्त्रिपरिषद्ले राना–थारु समुदायलाई अलग्गै आदिवासी जनजातिका रुपमा सूचिकृत गरेको छ। यस्तै बैठकले जलयात्रा, जलक्रिडा(वाटर इन्टरटेन्मेन्ट) तथा डुंगा सयर(बोटिङ)लाई औद्योगिक व्यवसाय ऐन २०७३ को अनुसूची ६ को पर्यटन उद्योगको सूचीमा थपेको छ।
यस्तै, संघ अन्तर्गत रहने गरी ३ सय शैय्यासम्मको राष्ट्रिय सरुवा रोग अस्पताल निर्माण गर्ने सैद्धान्तिक सहमति दिने लगायतका अन्य २३ निर्णयहरु सार्वजनिक गरेको हो।
निर्णयको पूर्ण पाठ