२३ माघ २०७६, काठमाडौं
बूढानीलकण्ठ नगरपालिकाको वडा नं. ११ र १२ को कपन आनिगुम्बा, गुरुङ टोल क्षेत्रको डुबान समस्या दीर्घकालीन समाधानका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा परराष्ट्रविद् डा. राजन भट्टराईले आज बिहान वैदिक परम्परा अनुसार पूजा गरी नरिवल फुटाएर कामको थालनी गरेका छन् ।
स्थानीय सरोकार समितिद्वारा आयोजित कार्यक्रममा डा. भट्टराईले भने, ‘तपाईहरुको समस्यालाई आफ्नै समस्या ठानेर बजेट पार्न लागियो । बजेट पार्न सफल भई टेण्डर प्रक्रिया समेत सकिएर आजबाट काम शुरु भएको छ । तोकिएको समयमा गुणस्तरीय काम गराउन तपाईहरु सबैले ध्यान दिनुहोला ।’
कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाकी उप–प्रमुख रमादेवी राई, बूनपा ११ का वडाध्यक्ष राजु अधिकारी, १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराईले डा. राजन भट्टराईले स्थानीयवासीको समस्या समाधानका लागि बजेट विनियोजनमा पुर्याएको योगदान प्रति धन्यवाद दिँदै नगरपालिकाको तर्फबाट खेल्नुपर्ने भूमिकाको लागि आफूहरु तयार रहेको बताएका थिए ।
छोटो समयमा आयोजना गरिएको कार्यक्रममा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।
यो पनि पढ्नुहोस् :